Blogs

2024-08-12
MyPay डाउनलोड गरी पैसा कसरी लोड गर्ने ?

माईपेबाट हरेक प्रयागकर्ताहरुले सरल र सहज तरिकाले विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नुहुन्छ । माईपेको मोबाइल एप तथा वेबसाइट प्रयोग गरी घरमै बसी बसी मोबाइल टपअप, बिजुली बिल, खानेपानी बिल इन्टरनेट, हवाई जहाज टिकेटिङ जस्ता धेरै सेवाहरु लिन सकिन्छ । यस्ता बिलहरु तिर्न माईपेमा रकम चाँहि कसरी लोड गर्ने ? अब निम्न तरिकाबाट आफ्नो माईपे वालेटमा पैसा लोड गर्नुहोस् र विभिन्न बिलहरु सजिलै तिर्नुहोस् ।

१) Mypay App खोल्नुहोस् । यदी App छैन भने Play Store वा App Store बाट डाउनलोड गर्नुहोस् ।

२) आफ्नो मोबाइल नम्बर राख्नुहोस्, प्राप्त OTP राखी Verify गर्नुहोस्, आवश्यक जानकारी राखी Submit गर्नुहोस् र आफ्नो Password र MPIN राखी निःशुल्क रजिस्टर गर्नुहोस् ।

३) आफ्नो मोबाइल नम्बर र पासवर्ड राखी Login गर्नुहोस् ।

४)Load Fund Icon मा जानुहोस्, आवश्यक माध्यमहरु जस्तैः Mobile banking मा ट्याव गर्नुहोस् ।

५) आफूले चाहेको बैंकको प्रकार छानी आफूलाई आवश्यक Amount र Purpose राखि Send मा ट्याव गर्नुहोस् ।

६) अन्त्यमा आफ्नो मोबाइल बैंकिङ नम्बर र पासवर्ड राख्नुहोस् र Continue मा ट्याव गरी OTP Verify गर्नुहोस् । अब तपाईँको Load Fund प्रकृया पुरा भयो ।

अब विभिन्न काउन्टरहरु धाउने, नगद ट्रान्सफर गर्न बैंक जानुपर्ने, मोबाइल रिचार्ज गर्न पसल जानुपर्ने झन्झटबाट मुक्त हुनुहोस् र घरमै बसी बसी माईपेबाट बिलहरु तिर्नुहोस् ।

धन्यबाद ।