Blogs

2024-01-10
MyPay बाट मोबाइल टपअप कसरी गर्ने?

अझै पनि पसलसम्म पुगेर रिचार्ज कार्ड किनी हातले कोट्टाउँदै रिचार्ज गर्नुहुन्छ ? आज भोली डिजिटल वालेट साथै बैंकहरुका मोबाइल बैंकिङ एपको कारण टपअप गर्ने प्रकृया निक्कै सहज बनिसकेको छ। 
मोबाइलमा माई पे एप खोल्यो, १–२ ट्यापमै तुरुन्तै टपअप। के तपाई पनि मिनेट भरमै टपअप कसरी गर्ने होला भनी सोच्दै हुनुहुन्छ ? चिन्ता नगर्नुस माइे पे छदँैछ नी 

 
अब निम्न तरिकाबाट आफ्नो मोबाइलमा सजिलै टपअप गर्नुहोस्।
१) MyPay App खोल्नुहोस् । App छैन भने Play Store वा App Store बाट डाउनलोड गरी आफ्नो मोबाइल नम्बर राखी निःशुल्क रजिस्टर गर्नुहोस्। 
२) आफ्नो MyPay Wallet Number र Password राखी Login गर्नुहोस्।
३) Dashboard मा रहेको Top-up आइकनमा ट्याव गर्नुहोस्।
४) आफ्नो मोबाइल नम्बर र टपअप गर्ने रकम राखी Pay बटनमा ट्याव गर्नुहोस्।
५) Wallet Balance, Link Bank Account वा MyPay Coin अप्सन छानी Pay बटनमा ट्याव गर्नुहोस्। (MyPay Coin option छानी Pay गर्दा MyPay Coin पनि प्रयोग गर्न सकिन्छ।)
६) सम्पूर्ण विवरण सहि भए नभएको यकिन गरी "CONFIRM" बटनमा ट्याव गर्नुहोस् र अन्त्यमा आफ्नो MPIN राखी Top-up प्रकृया पुरा गर्नुहोस्। 

अब हरेक कारोबार MyPay बाटै गरी असिमित Cashback र अन्य अफरहरुको मज्जा लिनुहोस् ।

धन्यवाद। 

(MyPay App छैन भने यहाँ ट्याव गर्नुहोस्)

Scan To Download

OR Download APP

Version