हामीले उपत्यका बाहिर कोशी,लुम्बिनी र मधेस प्रदेश प्रदेशमा पहिलो पटक अनलाईनबाट ब्लूबुक नवीकरण सेवा सञ्चालन गरेको छौँ । जसले हाम्रो सेवाहरुमा ठुलो सुधार र थप सुविधाहरु ल्याएको छ ।
यस अत्याधुनिक सेवाको साथ तपाईले कोशी प्रदेशको जुनसुकै ठाउँबाट पनि आफ्नो ब्लूबुक नवीकरण गर्न सक्नुहुन्छ र आफ्नो समयको बचत गर्न सक्नुहुन्छ । हाल यस सेवा कोशी प्रदेशमा उपलब्ध रहेको छ तर छिट्टै अन्य प्रदेशहरुमा पनि यस सेवा सञ्चालन गरिने छ ।
अब दुई पांग्रे, तीन पांग्रे र चार पांग्रे सवारी साधनको ब्लूबुक नवीकरण गर्नका लागि माईपे एप वा वेबसाइट (Bluebook नवीकरण सेवाको लागि) मार्फत नवीकरण शुल्क तिरी अनुरोध गर्न सकिन्छ । त्यसपश्चात अनुरोधकर्ताको घरमै
हाम्रा कर्मचारी आएर ब्लूबुक संकलन गरी नवीकरण गर्नेछन् र साथसाथै अनुरोधकर्ताको घरमै पु¥याईदिने छन् ।
किन ब्लूबुक नवीकरणको लागि माईपे नै रोज्ने ?
१. समयको बचतः यातायात कामर्यालयमा गएर लामो लाईन बसी ब्लूबुक नवीकरण गर्नु पर्दैन । अब माईपे बाटै ब्लूबुक नवीकरण गर्ने सम्पूर्ण प्रकृयाहरु पुरा गर्न सक्नुहुन्छ ।
२. सरलताः हाम्रो सेवा प्रयोग गर्न सरल छ र सबै माईपे वालेट प्रयोगकर्ताहरुको लागि उपलब्ध छ ।
३. विस्तृत संलग्नताः हाल यस सेवा कोशी र लुम्बिनी प्रदेशमा उपलब्ध रहेको छ तर छिट्टै बाग्मती, मधेश, गण्डकी कर्णाली र सुदुरपश्चिम प्रदेशमा यस सेवा सञ्चालन गरिने छ ।
४. तनावमुक्त अनुभवः हाम्रो पिकअप र ड्रपअफ सेवाको साथ तपाईंले यातायातका बारेमा चिन्ता गर्न पर्दैन । बस यस सेवाको लागि न्यूनतम शुल्क तिनपर्ने हुन्छ, र बाँकी सबै कार्य हाम्रो कर्मचारीले गर्नेछन् ।
५. विभिन्न सेवाहरुः यो सुविधा दुई पांग्रे, तिन पांग्रे र चार पांग्रे सवारीहरुको लागि उपलब्ध रहेको छ ।
MyPay बाट कसरी आफ्नो ब्लूबुक नवीकरण गर्ने?
यी सरल चरणहरूको पालना गरेर आफ्नो ब्लूबुक नवीकरण गर्नुहोस् ।
MyPay को ब्लूबुक नवीकरण सेवासँग, सुविधा, समय बचत, र तनावमुक्त रूपमा आफ्नो ब्लूबुक नवीकरण गर्नुहोस् । आजै एप डाउनलोड गर्नुहोस् र यातायात कार्यालय गई लाईन बसेर नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुनुहोस् ।